अफगानिस्तानले आफ्नो भविष्यको निर्णय आफैँ गर्नुपर्छ : बाइडेन

 असार १२, २०७८ शनिबार १८:२८:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता भए पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अफगानिस्तानका शीर्ष नेताहरुसँग भएको छलफलमा राष्ट्रपति बाइडेनले दिगो साझेदारीका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको समाचारसंस्था एपीले जनाएको छ । 

अफगानिस्तानमा सक्रिय तालिबानीको हिंसात्मक कारबाही जारी रहेकै बेला अमेरिकी र नेटो फौज स्वदेश फर्कन लागेका छन् । अफगान राष्ट्रपति अश्रफ घानी र राष्ट्रिय मेलमिलापका लागि उच्च परिषदका अध्यक्ष अब्दुल्ला अब्दुल्लहले ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँग भेट गर्नुभएको हो ।

बाइडेनले सहयोगको प्रतिबद्धता व्यक्त गरे पनि अफगानिस्तान आफ्नो भविष्यको निर्णय आफैँ गर्नुपर्दछ भन्नुभएको एपीले जनाएको छ । अमेरिकाले आउँदो सेप्टेम्बर ११ भन्दा अघि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना स्वदेश फर्काइसक्ने तयारी गरेको छ ।

अमेरिकी रक्षा विभागका अनुसार सन् २००१ देखि जारी अफगान युद्धमा दुई हजार चार सय भन्दा धेरै अमेरिकी सैनिकको ज्यान गइसकेको छ । युद्धका क्रममा तीन हजार आठ सय भन्दा बढी अमेरिकी निजी सुरक्षागार्ड पनि मारिएका छन् । युद्धमा ६६ हजार भन्दा धेरै अफगानी सेनाको ज्यान गएको छ । अफगानिस्तानमा अहिले ६ सय ५० जना मात्र अमेरिकी सैनिक रहेका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया