दक्षिण अफ्रिकी पूर्वराष्ट्रपतिलाई १५ महिनाकाे जेल सजाय

 असार १५, २०७८ मंगलबार १७:३७:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत संवैधानिक अदालतले यस्तो फैसला गरेको हो । 

संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकब जुमालाई अदालतको अवहेलना गरेको विषयमा दोषी पाएको थियो ।   

ज्याकब जुमा राष्ट्रपति हुँदा भ्रष्टाचारको एक मुद्दामा उहाँलाई एक जाँच आयोग समक्ष उपस्थित हुनुपर्ने थियो । उहाँ संवैधानिक अदालतको आदेशपछि पनि जाँच आयोग समक्ष उपस्थित हुनु भएन । सन् २०१८ मा ज्याकम जुमाको कार्यकाल सकिएको थियो । 

पदमा रहँदा उहाँमाथि भ्रष्टाचारका कैयौँ आरोप लागेको थियो । केही कारोबारी घरानाका नेतासँग मिलेमतो गरेर निर्णय लिने प्रक्रिया प्रभावित गरेको आरोप पनि उहाँमाथि लागेको थियो । 

यद्यपि पूर्वराष्ट्रपति जुमा एक पटक जाँच आयोग समक्ष उपस्थित हुनुभएको थियो तर पछि उहाँलाई त्यहाँ उपस्थित हुनबाट अस्वीकार गरिएको थियो । 

पूर्वराष्ट्रपति जुमालाई पक्राउ गरिने या नगरिनेमा भने बताइसकिएको छैन । 

एक अन्य मुद्दामा ज्याकब जुमाले गएको महिना आफूलाई निर्दाेष बताउनुभएको थियो । ९० को दशकमा यस विषयमा उहाँमाथि पाँच अर्ब डलरको रक्षा खरिदमा भ्रष्टाचार गरेको आरोप छ ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया