क्यानडामा गर्मीका कारण कम्तीमा ६० जनाको ज्यान गयो

 असार १६, २०७८ बुधबार ९:३:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेपछि कम्तीमा ६० जनाको ज्यान गएको छ । ब्रिटिश कोलम्बिया प्रहरीले सोमबारयता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ ।

ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिकहरू धेरै छन् । ब्रिटिश कोलम्बियाको लीटनमा तापक्रम ४९ दशमलव ९ डिग्री सेल्सियस पुगेको छ । गर्मी बढ्दै गएकाले जनजीवन प्रभावित भएको छ । ग्लोब र मेल पत्रिकाका अनुसार लीटनमा घरबाट बाहिर निस्किन नसक्ने अवस्था छ ।

बढ्दो तापक्रमबारे क्यानडाको वातावरण सम्बन्धी निकायले ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ । त्यसबाहेकका उत्तरपश्चिमी भू–भागलाई पनि सचेत रहन भनिएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया