आज यी नदीहरुमा बाढीको जोखिम

 असार १७, २०७८ बिहीबार ९:३८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - लगातारको झरीले देशका धेरै ठाउँका नदी तथा खोलामा पानीको सतह बढ्दै गएको छ।

आज कोशी, नारायणीका सहायक नदी तथा पूर्वी राप्ती र कन्काई लगायत नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, कमला, वाग्मती लगायत नदीमा बहाव सतर्कता तह पार गरी खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

आज कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य बढ्ने छ । भोटेकोशी, सुनकोशी लगायतका नदी तथा त्रिशूली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायत  नारायणीका सहायक नदीमा पनि बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्ने अनुमान छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया