इराक युद्धकाे रणनीति बनाउने अमेरिकी पूर्व रक्षा सचिवकाे निधन

 असार १७, २०७८ बिहीबार १६:४०:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इराक युद्धका मुख्य रणनीतिकारमध्ये एक डोनाल्ड रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको छ । 

उहाँ दुई पटक रक्षा सचिव रहनुभएको थियो । रम्सफेल्ड राष्ट्रपति जर्ज डब्ल्यू बुशको कार्यकालका क्रममा ९ (सेप्टेम्बर)–११ को आक्रमणपछि कथित ‘आतङ्कको विरुद्ध युद्ध’ को प्रमुख प्रस्तावक हुनुहुन्थ्यो । 

इराकसँग ठूलो परिणाममा विनाशकारी हतियार भएको दाबी गर्दै सन् २००३ मा अमेरिकी सेनाले इराकमा आक्रमण गरेको थियो, यद्यपि अमेरिकी सेनाले कुनै हतियार भेटेन । 

तीन वर्षपछि अनुमानअनुसार नतिजा नभेटिएपछि रम्सफेल्डले राजीनामा दिनुभयो । 

कैयौँ विशेषज्ञ उहाँलाई इराक र आसपासको क्षेत्रमा बढ्दै गइरहेको कठिन अवस्थाको दोषी मान्छन् तर रम्सफेल्डले सधैँ आफ्नो कदमकाे बचाउ गर्नुभयो । 

बुधवार न्यु मेक्सिकोको ताओस सहरमा आफ्नो घरमा रम्सफेल्डको निधन भएको उहाँको परिवारले बताएको छ ।   

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया