पर्थमा भारतको ऐतिहासिक जीत, अस्ट्रेलियालाई पहिलो टेस्टमा २ सय...
मंसिर १०, २०८१ सोमबार
रसुवा – निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको छिट्टै उपकरण जडान हुने भएको छ । सिम्बु गाउँमा रहेको याे आयाेजनाको भौतिक निर्माण सम्पन्न भइ विद्युत् उत्पादन गर्ने उपकरण जडानकाे काम सुरु हुन लागेको हो ।
अहिले धेरैजसाे उपकरण आयोजनास्थलमा आइसकेको र कोभिड–१९ समस्याले उपकरण जडान ढिलो भएको आयोजना प्रमुख सुदनसिंह महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विसं २०७८ भित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । अब छिट्टै उपकरण जडान सुरुवात हुन्छ ।’
उपकरण जडानका लागि चिनियाँ प्राविधिक टोली आउन लागेका जनाइएको छ । अहिले चीनले बाह्य हवाई उड्डयन रोकेकाले उनीहरू आउन ढिलाइ भएको आयोजनाले जनाएको छ । चौध दशमलव आठ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको याे आयोजनाको धेरैजसाे संरचना निर्माण पूरा भएको छ । तिलोचे खोलामा १४ मिटर लामो बाँध, एक हजार तीन सय ८० मिटर लामो हेडरेस सुरुङ, तीन सय ४५ मिटरको पेनस्टक पाइप सुरुङ एवम् पाइपलाई कङ्क्रिट समेतकाे काम सकिएकाे आयोजना प्रमुख महतले जानकारी दिनुभयो ।
प्रतिसेकेन्ड ११ दशमलव सात घनमिटर पानी विद्युत् गृहमा पठाइने र तीन फ्रान्सिस नामको टरवाइन राखिने बताइएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१३ देखि निर्माण सुरु भएको थियो । बाढी–पहिरो, पेट्रोलियम पदार्थकाे अभाव, भूकम्प र कोरोना सङ्क्रमणको जोखिम जस्ता कारणले याे आयोजनाको निर्माण ढिलाइ भएको जनाइएको छ ।
आयोजनाको लागत भने दुई अर्ब दुई करोड रुपैयाँ रहे पनि पुनरावलोकन गर्दा २० प्रतिशतले उत्पादन लागत बढ्ने आयोजना प्रमुख महतले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।