भारतद्वारा मध्यपूर्वबाट हुने पेट्रोलियम पदार्थ आयातमा कटौती

 असार १९, २०७८ शनिबार १३:४२:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतले मध्यपूर्वबाट हुने प्रशोधन नभएको पेट्रोलियम पदार्थको आयातमा ठूलो मात्रामा कटौती गरेको छ । विश्वकै तेस्रो ठूलो पेट्रोलियम पदार्थ आयातकर्ता भारतले आफ्ना उर्जा स्रोतहरुको विविधता खोज्दै आयातमा कटौती गरेको हो ।

मध्यपूर्व देशहरुबाट भारतमा हुने पेट्रोलियम पदार्थको निर्यात गएको २५ महिना यताकै कम भएको छ । सन् २०१९ अप्रिलमा भारतमा भएको पेट्रोलियम पदार्थ आयातको ६७ दशमलब ९ प्रतिशत मध्यपूर्वका देशबाट भएको थियो । तर गएको महिना कुल आयातको ५२ दशमलव सात प्रतिशतमा झरेको छ ।

भारतले आफ्नो दोस्रो ठूलो तेल आपूर्तिकर्ता साउदी अरबबाट गएको वर्षभन्दा यो वर्ष एक चौथाइ कम पेट्रोलियम पदार्थ आयात गरेको छ । भारतमा पेट्रोलियम पदार्थ आपूर्तिको हिसाबले तेस्रो स्थानमा रहेको यूएई अहिले सातौँ स्थानमा पुगेको छ । पछिल्लो समय भारतीय प्रशोधनकर्ताहरुले अमेरिका, ल्याटिन अमेरिका तथा भूमध्यसागरीय देशहरुबाट पेट्रोलियम पदार्थको आयात बढाएका छन् ।

पेट्रोलियम पदार्थ आपूर्तिलाई सहज बनाउन भारतले गरेको आग्रहलाई मध्यपूर्वका देशहरुले बेवास्ता गरेपछि भारत सरकारले कच्चा पदार्थहरु आयातको स्रोतमा विविधता ल्याउन प्रशोधनकर्ताहरुलाई निर्देशन दिएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया