तनहुँ : सात घर पहिराेकाे जोखिममा

 असार २०, २०७८ आइतबार ६:३०:२७ | रासस
unn.prixa.net

तनहुँ - केही दिनदेखि परेको वर्षासँगै आएको पहिरोले शुक्लागण्डकी नगरपालिका–८ मिलीजुली टोलमा एक घरमा क्षति पुगेको छ भने अन्य सात घर जोखिममा परेका छन् । पहिरोले यस टोलका चित्रमाया बानियाँको घर पहिरोले पुरिएर पूर्ण क्षति भएको छ । 

वडाध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार बानियाँको परिवारलाई आफन्तको घरमा स्थानान्तरण गरिएको छ। त्यही ठाउँका इमबहादुर बानियाँ, टुकबहादुर श्रेष्ठ, शिवकुमारी श्रेष्ठ, शान्ति थापा, दिलबहादुर खत्री र कविता भट्टराईको घर जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो। 

पहिरोले यस वडाका डहरे, मालेबगर, चनौटे, लालिम लगायतका अधिकांश खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । बाढीपहिरोले १२ वटा बाँध र कुलो पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने खानेपानीका पाइप पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । यसैगरी भानु नगरपालिका–१० याङसिङमा पहिरोले एक घर पुरिएको छ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण यस ठाउँका प्रेमबहादुर भुजेलको घर पुरिएको हो । 

घरमाथिबाट आएको पहिरोले घर र गोठ पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरोबाट घरमा रहेका लत्ताकपडा, अन्नपात सबै नष्ट भएको छ भने गोठमा रहेको एक हल गोरु र गाई पुरिएको छ । पहिरोबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । 

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया