फिलिपिन्समा सैनिक सवार विमान दुर्घटनाग्रस्त

 असार २०, २०७८ आइतबार १३:२४:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : ट्विटर/फिल न्युज एजेन्सी

काठमाण्डौ – फिलिपिन्समा ९२ जना सैनिक सवार एउटा मालवाहक विमान आइतवार दुर्घटनाग्रस्त भएको छ । 

फिलिपिन्सको दक्षिण–पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा सी–३० विमान अवतरण गर्ने प्रयास गरिरहेको समयमा दुर्घटनाग्रस्त भएको खबर आइरहेका छन् । 

सुरक्षा बलका प्रमुख किरिलिटो सोबेजानाले जलिरहेको विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई उद्धार गरिएर अस्पताल पुर्‍याइएकाे र अहिलेसम्म दुर्घटनास्थलबाट १७ जनाको शव झिकिएको बताइएको छ । 

स्थानीय सञ्चारमाध्यमले खिचेका तस्बिरमा दुर्घटनाग्रस्त विमानमा भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरू माथि बाक्लो कालो धुँवा देखिएको छ । 

सुरक्षा बलका प्रमुख सोबेजानाले भन्नुभयो, ‘राहतसहित उद्धारकर्मी घटनास्थानलमा छन् । यो निकै दुर्भाग्यपूर्ण छ । विमानले रनवे छोड्यो, फेरि उड्न खोज्यो तर नसक्दा दुर्घटना भयो ।’   

स्थानीय समयअनुसार साढे ११ बजे दुर्घटनामा परेको विमानमा सवार धेरैजसाे आधारभूत सैनिक तालिम पूरा गर्ने व्यक्तिहरू भएको बताइएकाे छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया