पाँचथर : पौडी खेल्ने क्रममा दुई किशाेर बेपत्ता

 असार २०, २०७८ आइतबार २०:१३:४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरमा पौडी खेल्न गएका दुई किशोर खोलाले बगाएर बेपत्ता भएका छन् । आइतवार (आज) दिउँसो पौडी खेल्न पाँचथर–ताप्लेजुङ सीमाबाट बग्ने इंवा खोला गएका याङवरक गाउँपालिका–४ थर्पू बजार छेउका दुई किशोर खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा याङवरक–४ निशानधाम छेउका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय विपल योङहाङ छन् ।

प्रहरी चौकी थर्पूले जनाएअनुसार छ जना किशोर पौडी खेल्न भनी इंवा र काबेली खोलाको दोभान छेउ त्रिवेणी गएका थिए । पौडी खेल्ने क्रममा नदीको बहावले लक्ष्मण र विपललाई बगाएपछि अन्य किशोरले गाउँमा आइ स्थानीयवासीलाई खबर गरेका थिए ।

दिउँसो २ बजेतिर घटना थाहा पाएपछि स्थानीयवासी र प्रहरी खोजी कार्यमा जुटेका छन् । खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोलीसमेत घटनास्थलमा गएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया