‘काठमाण्डाै महानगर मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छ’

 असार २१, २०७८ सोमबार १९:३५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमवार काठमाण्डाै महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले संवाददातासँग कुरा गर्दै भोलिका दिनमा आइपर्न सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताउनुभयो । 

नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतका लागि महानगरपालिका तयार रहेको महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख श्रेष्ठले बताउनुभयो । बाढी घरभित्र पसेमा सरसफाइ गर्ने लगायतका कामको लागि पनि तयार रहेको उहाँले बताउनुभयो । 

आवश्यक जनशक्ति र सामग्री पनि तयारी अवस्थामा रहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । धोबी खोला, बल्खु खोला, वाग्मती, विष्णुमति नदीका किनारमा डुबान हुने कुरालाई ध्यान दिँदै त्यहाँ विपद् प्रतिकार्यका काम सुरु गरिएको पनि उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, नदी सरसफाइको काम केही ठाउँमा गरिएको छ र कति ठाउँमा लोकल र वडाबाट पनि याे नदी सफा गरिदिनुपर्‍याे डुबान हुन्छ भनेर सिफारिस आउँछ । हामीले कहीँ पनि डुबान भएछ, पनि भरिएकाे रहेछ भने त्यहाँ पम्पले तान्ने काम गरेका छौँ । जनशक्तिमा नगर प्रहरी पनि छन् । गाडी, जनशक्ति, सामग्री पनि तयारी अवस्थामा राखेका छौँ ।

उहाँले बाढी आएको खण्डमा दुई सय नगर प्रहरी तुरुन्त परिचालन गर्न सकिने जानकारी दिनुभयो । र्‍यापिड रेस्पोन्स फोर्समा भने ३० जना प्रहरी तुरुन्त परिचालन गर्न सकिने अवस्थामा रहेको उहाँले बताउनुभयो । रेनकोट, बत्ती, गल, रुख काट्ने औजार र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्रीको पनि व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया