‘प्रधानमन्त्री नियुक्तिका लागि देउवाले राष्ट्रपतिसमक्ष बुझाउनुभएकाे हस्ताक्षर किर्ते होइन’

 असार २१, २०७८ सोमबार १५:१३:४७ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हस्ताक्षर किर्ते नभएको दाबी गर्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइका क्रममा उहाँले यस्ताे दाबी गर्नुभएको हो ।

प्रधानमन्त्री नियुक्तिका लागि देउवाले राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हस्ताक्षर किर्ते होइन, वरिष्ठ अधिवक्ता थापाले भन्नुभयो, को कहाँ छ, त्यहीँ सही गराउने हो, किर्ते छ भने कारबाही लगाउनुस्, त्यो महान्यायाधिवक्ताको क्षेत्राधिकार होइन, कागज नमागी पनि गर्न सक्छन्, एउटा पानामा सकिएपछि अर्कोमा सही गर्ने हो नि ।

देउवाको मात्र नभएर रिट हाल्ने एक सय ४६ जना सांसदको हक अपहरण गरिएको तर्क गर्दै उहाँले भन्नुभयो, संसद्को अधिकार के हो त ? यो शेरबहादुर देउवाको मात्र होइन एक सय ४६ सांसदको हक अपहरण गरिएको हो । वरिष्ठ अधिवक्ता थापाले विश्वासको मत पाउने किन नपाउने भन्ने विषय राष्ट्रपतिले हेर्ने हो र भनी प्रश्नसमेत उठाउनुभएको छ ।

श्रीमानबाट बारम्बार आएको प्रश्न प्रधानमन्त्रीले विश्वासको मत पाउँदिन भनेर कागज पेस गरेपछि पदमुक्त हुनुपर्छ भनेर हामीले भनिरहेको हो, उहाँले भन्नुभयो, उहाँहरू पदमुक्त हुँदैन भन्नुहुन्छ, विश्वासको मत लिन सक्दिन भनेर गएको प्रधानमन्त्रीले फेरि दाबी गर्दा राष्ट्रपतिले बडो विचार गरेर निर्णय गर्नुपर्थ्याे । 

अहिले जवाफी बहस सकिएको छ । रिट निवेदकका तर्फबाट जवाफी बहसका लागि तीन घण्टाको समय निर्धारण गरिएको थियो । चियापछि अदालतका सहयोगीको (एमीकस क्युरी) बहस सुरु हुनेछ । उहाँहरूका लागि दुई घण्टाको समय दिइएको छ ।  

एमिकस क्युरीमा नेपाल बार एसोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठक हुनुहुन्छ भने सर्वोच्च बार एसोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहनुभएको छ । एमिकस क्युरीले कानुनअनुसार अदालतलाई आफ्नो राय दिनेछन् । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया