अफगानिस्तानका एक हजारभन्दा धेरै सैनिक भागेर ताजिकिस्तान पुगे

विदेशी सेना फर्किएसँगै अफगान सेना समस्यामा

 असार २२, २०७८ मंगलबार १८:५७:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : ट्विटर/अल जजिरा

काठमाण्डाै – अफगानिस्तानका एक हजारभन्दा धेरै सैनिक तालिबानसँगको भिडन्तपछि भागेर ताजिकिस्तान पुगेका छन् । ताजिकिस्तानको सीमा सुरक्षा सैन्यले विज्ञप्ति निकालेर अफगान सैनिक ज्यान जोगाउन भागेर सीमापारि पुगेका बताएको बीबीसीले जनाएको छ ।

अफगान सैनिक भागेर ताजिकिस्तान पुगेका गएको तीन दिनमा यो समेत तेस्रो घटना हो भने दुई हप्तामा पाँच पटक गरी एक हजार ६ सय अफगान सैनिक भागेर ताजिकिस्तान पुगिसकेका छन् ।

अफगानिस्तानबाट बीस वर्षपछि अमेरिका, बेलायत र गठबन्धन सैन्य आफ्नो देश फर्कन थालेसँगै हिंसा चर्किन थालेको छ । तालिबानले उत्तरी भेगमा कब्जा गर्न थालेका बीबीसीले जनाएको छ ।

आउँदो सेप्टेम्बरसम्ममा विदेशी सेना फिर्ता भइसक्ने कार्यक्रमअनुसार धेरैजसो विदेशी सैनिक अफगानिस्तानबाट बाहिरिइसकेका छन् । तालिबानसँग भएको सम्झौता अन्तर्गत अमेरिका र उसको नेटो साझेदारहरूले आफ्ना सबै सेना फिर्ता लैजाने र तालिबानले उनीहरूको नियन्त्रण रहेको क्षेत्रमा कुनै पनि कट्टरपन्थी समूहलाई सक्रिय रहन नदिने प्रतिबद्धता जनाएका थिए । तर तालिबानले अफगान सैन्यसँगको लडाइँ बन्द गर्न सहमति जनाएनन् ।

अहिले तालिबानको नियन्त्रणमा अफगानिस्तानको एक तिहाइ भाग रहेको अनुमान गरिन्छ । विदेशी सैनिकको अनुपस्थितिमा अफगान सेनाले ठूला भिडन्तको सामना गर्नु परिरहेको छ भने यसले अब अफगानिस्तानमा फेरि अवस्था कठिन हुने चिन्ता बढेको छ ।   

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया