लगातारको वर्षासँगै देशका धेरै नदी तथा खोलामा बाढी, यी नदीमा बढ्दै छ बहाव

 असार २४, २०७८ बिहीबार ६:४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - लगातारको वर्षासँगै देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । नारायणी, दूधकोशी र तमोर नदीमा पानीको सतह बढ्दै गएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

चितवनको माडी क्षेत्रको छरछरे लगायत आसपासका क्षेत्रमा बिहानैदेखि ठूलो पानी परिरहेकाले खहरे खोलामा आकस्मिक बाढी आउनसक्ने अनुमान गरिएको छ । यस्तै, नवलपुरको अरुङ्ग र आसपासको क्षेत्रमा पनि बिहानैदेखि ठूलो पानी परिरहेको छ । ती क्षेत्रका स–साना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने हुँदा तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा हुनेहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

नारायणी नदीमा पनि पानीको बहाव बढ्दै गएको छ । बुढीगण्डकी, त्रिशूली, वाग्मती, मर्स्याङ्दी, कालीगण्डकी, सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, तिनाउ, कन्काई, कमलालगायतका नदी खोलामा बाढीको जोखिम भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया