पाँचथरमा तमोर नदीले बगाउँदा एक बालिकाको ज्यान गयो

 असार २४, २०७८ बिहिबार ११:५६:३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथरमा तमोर नदीले बगाउँदा एक बालिकाको ज्यान गएको छ । कुम्मायक गाउँपालिका–३ रानागाउँका पदमसुन्दर सम्बाहाम्फेकी ८ वर्षीया छोरी करिष्माको ज्यान गएको हो । साथीसँग खेल्न गएकी करिष्मालाई खोलाले बगाएको थियो ।

बालिकाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । यस्तै, डिभिजन वन कार्यालय पाँचथरको पर्खाल भत्किँदा फिदिम नगरपालिका–१ शनिबारेमा १४ वर्षीया सञ्चिता राई घाइते भएकी छिन् । उनको उपचारका लागि झापाको बीएण्डसी अस्पताल लगिएको छ । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया