हैटीका राष्ट्रपतिकाे हत्यापछि प्रहरीद्वारा चार शङ्कास्पद व्यक्तिकाे गाेली हानी हत्या

 असार २४, २०७८ बिहीबार १४:२:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – हैटीका राष्ट्रपति जोभनेल मोइसीको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले चार जना शङ्कास्पद व्यक्तिको गोली हानेर हत्या गरेको छ । राष्ट्रपति माेइसीको हत्या आरोपमा राजधानी पोर्ट–अ प्रिन्समा चार जना मारिएको, दुई जनालाई पक्राउ गरिएको र बाँकी दुई जना संदिग्ध व्यक्तिको खोजी भइरहेको प्रहरी प्रमुख लियोन चार्ल्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

राष्ट्रपतिको हत्याले देश स्तब्ध बनेको र यसमा संलग्नमाथि नरम बन्न नसकिने पनि प्रहरीका प्रमुख चार्ल्सले बताउनुभएको छ । हिजो बुधवार हैटीका राष्ट्रपतिको गोली हानी हत्या भएको थियो भने उहाँकी श्रीमती गम्भीर घाइते हुनुहुन्छ । हत्याराहरू राष्ट्रपतिको शयन कक्षसम्मै प्रवेश गरेर केही धनमाल लुटेको पनि बीबीसीले जनाएको छ ।

राष्ट्रपतिको हत्यापछि हैटीमा सङ्कटकालको घोषणा गर्दै अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले देशवासीलाई शान्त रहन आग्रह गर्नुभएको छ । उहाँले आतङ्कवादसँग जुध्नका लागि सहयोगको अपिल पनि गर्नुभएको छ ।  

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन लगायतले हत्यालाई कायरतापूर्ण कार्यको संज्ञा दिँदै धैर्यता नगुमाउन हैटीका नागरिक र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् ।   

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया