तालिबानले कब्जा गरेकाे पश्चिमी सहर आफ्नाे नियन्त्रणमा आएकाे अफगानी सेनाकाे दाबी

 असार २४, २०७८ बिहीबार १७:४५:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानको सेनाले पश्चिम बदगिस प्रान्तमा तालिबान लडाकुले कब्जा गरेको सहर आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ ।

हिजो बुधवार दिउँसो तालिबानले कला–ए–नाव सहरका सरकारी भवन कब्जामा लिएर चार सय बन्दीलाई जेलबाट भगाएका थिए भने कैयौँ ठूला सरकारी भवन पनि नियन्त्रणमा राखेका थिए । तर घण्टौँसम्मको सङ्घर्षपछि सरकारी सेनाले आफूहरूले विजयी प्राप्त गरेको जनाएको बीबीसीले जनाएको छ ।

अमेरिकी सेना फिर्ता हुन थालेपछि तालिबानले कुनै पनि प्रान्तमा सिधै आक्रमण गरेको यो नै पहिलो घटना हो । तर सरकारी सेनाले विशेष बलसहितको हवाई आक्रमण गरेर क्षेत्र नियन्त्रणमा लिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

स्पेसल फोर्स कमान्डर सैयद निजामीले आक्रमणमा तालिबानतर्फ ठूलो क्षति भएको र आफूहरू अझै उत्साहित रहेको बताउनुभएको छ ।

अफगानिस्तानबाट अमेरिकी सेना फर्कन थालेसँगै तालिबानले आक्रमणका घटना बढाएको छ । आउँदो सेप्टेम्बर ११ तारिखसम्म सबै अमेरिकी सैनिक स्वदेश फर्कने योजना रहेको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया