तनहुँमा १७८ घरपरिवार बाढी पहिराेकाे जोखिममा

 असार २५, २०७८ शुक्रबार ९:४८:३७ | रासस
unn.prixa.net

तनहुँ - गएकाे बुधवारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न ठाउँका १७८ घरपरिवार पहिराेकाे उच्च जोखिममा रहेका छन् ।

घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् । बन्दिपुर गाउँपालिकामा मात्रै १३२ र ऋषिङ गाउँपालिकामा ४६ गरी यस सङ्ख्याका घरपरिवार विस्थापित भएका छन् । यस गाउँपालिकाको वडा नं २ मा रहेकाे खहरे खोलाले पाँच घर बगाएको छ । त्यसैगरी धारापानी, रामकोट र कल्चोकमा गरी त्यस सङ्ख्याका घरपरिवार विस्थापित भएका हुन्।

घटना भएको जानकारी पाएसँगै उपाध्यक्ष करुणा गुरुङको नेतृत्वमा बाढी पहिराेबाट प्रभावितलाई भेटघाट गरी सुरक्षित ठाउँमा स्थानान्तरणका लागि पहल गरिएको छ । जोखिममा रहेका घरमा नबस्न र सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको उपाध्यक्ष गुरुङले बताउनुभयो । त्यसैगरी बन्दिपुर गाउँपालिका–१ मा रहेकाे कौसिनी छाप ठाडो खहरे खोलाले आसपास क्षेत्रका ६० घर परिवार पहिराेको कारण उच्च जोखिममा परेका वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिनुभयो । 

सुरक्षित ठाउँमा एकीकृत बस्ती विकास गरी स्थानान्तरणका लागि पहल गरिदिन स्थानीय नरबहादुर चेपाङले आग्रह गरेको उहाँले बताउनुभयो । त्यसैगरी ऋषिङ गाउँपालिका–५ मा १२ घर परिवार विस्थापित हुने अवस्थामा रहेका छन्। नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै लगायतका करिब ४६ घर परिवार उच्च जोखिममा रहेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । उहाँका अनुसार ६ घरमा पूर्ण र ४० घरमा आंशिक क्षति भएको छ । 

 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया