हैटीका राष्ट्रपतिकाे भाडामा लिइएका विदेशी आक्रमणकारीले हत्या गरे : प्रहरी

 असार २५, २०७८ शुक्रबार १३:२७:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – हैटीका राष्ट्रपति जोभनेल मोइसीको हत्या विदेशी आक्रमणकारीको एउटा टोलीले गरेको त्यहाँको प्रहरीले बताएको छ । त्यो टोलीमा धेरैजसो कोलम्बियाका पूर्वसैनिक थिए । 

प्रहरी प्रमुख लियोन चार्ल्सले त्यो आक्रमणकारीको टोलीमा २६ जना कोलम्बियाका र हैटी मूलका दुई अमेरिकी आक्रमणकारी रहेको जानकारी दिनुभएको छ । 

आठ संदिग्ध अझै पनि फरार रहेका र दुई अमेरिकीसहित १७ जनालाई पक्राउ गरिएको छ । 

बाँकी संदिग्धको प्रहरीसँगको मुठभेडमा राजधानी पोर्ट ओ प्रिन्समा ज्यान गएको थियो । 

बिहीवार हैटी प्रहरीले केही संदिग्धलाई मिडियासामु सार्वजनिक गरेको थियो । उनीहरूको अगाडि हतियार, कोलम्बियाको पासपोर्ट र अन्य प्रमाण राखेका थिए । 

प्रहरी प्रमुखले भन्नुभयो, ‘राष्ट्रपतिको हत्या गर्नका लागि विदेशी हाम्रो देशमा आए ।’आक्रमणकारी टोलीमा कम्तीमा ६ सदस्य आफ्नो सेनाका अवकाश प्राप्त सैनिक रहेको अनुमान गरिएको कोलम्बिया सरकारले बताएको छ । घटनाको जाँचमा हैटीलाई पूर्ण सहयोग गर्ने कोलम्बिया सरकारले जनाएको छ । 

अमेरिकी विदेश मन्त्रालयले अहिलेसम्म आफ्ना कुनै नागरिक हिरासतमा भएको पुष्टि गरेको छैन । 

यद्यपि आक्रमणको योजना कसले बनाएको या यसको पछाडि के उद्देश्य थियो भन्नेबारेमा अहिलेसम्म थाहा भइसकेको छैन । 

गएको बुधवार हैटीका राष्ट्रपति जोभनेल मोइसीको निवासमा आक्रमण हुँदा उहाँको ज्यान गएको थियो । आक्रमणमा उहाँकी पत्नी घाइते हुनुभएको थियो ।  

आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय जोभनेल मोइसेले सन् २०१७ को फेब्रुअरी महिनादेखि सत्ता सम्हाल्नुभएकाे थियाे । 

भ्रष्टाचारका अभियोगहरूका माझ मोइसेको कार्यकाल सहज थिएन र उहाँले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूका लहरको सामना गर्नु परिरहेको थियो ।

यसै वर्ष केही समयअघि राजधानी र देशका अन्य सहरमा पनि मानिसहरूले उहाँको राजीनामा माग्दै व्यापक रूपमा विरोध प्रदर्शन गरेका थिए ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया