एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डौ - तालिबानले इरानसँगको महत्त्वपूर्ण सीमा नाका आफ्नो नियन्त्रणमा लिएको पश्चिम अफगानिस्तानका अधिकारीले बताएका छन् ।
इस्लाम काला नाकाका सबै गतिविधि रोकिएको भन्सार अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै अफगानिस्तानमा तालिबानले विभिन्न भू–भाग कब्जा गरिरहेको छ ।
अफगानिस्तान र इरानबीचको एक प्रमुख सीमा नाका तालिबानले कब्जा गरेको अफगान अधिकारीहरूले स्वीकारेका छन् । इस्लाम काला नाका इरानसँगको सबभन्दा ठूलोमध्यको व्यापारिक नाका हो । त्यहाँबाट सरकारले मासिक २ करोड डलर राजस्व उठाउँथ्यो ।
अफगानिस्तानको रक्षा मन्त्रालयले नाका आफ्नो नियन्त्रणमा लिन प्रयासरत जारी रहेको बताएको छ। तालिबानले अफगानिस्तानको ८५ प्रतिशत भू–भाग आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । तर उसको दाबीलाई सरकारले अस्वीकार गरेको छ । यसै हप्ता अमेरिकी सेनाले अफगानिस्तानमा रहेको मुख्य सैन्य अखाडा बाग्रामलाई छाडेको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिने बताउनुभएको छ । तालिबान लडाकु समूहले देशैभर उपस्थिति बढाइरहेका बेला बाइडेनको पछिल्लो प्रतिक्रिया आएको हो ।
यसअघि नै सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना पूर्णरूपमा फर्किसक्ने समय सीमा तोकिएको थियो । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने तालिबानसँग सहमति गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।