दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति जुमाको रिहाइको माग गर्दै प्रदर्शन

 असार २८, २०७८ सोमबार १०:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकोब जुमाको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको छ । जुमाले  प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उहाँको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका प्रदर्शनकारीहरुले यातायात सेवा ठप्प पारेर प्रदर्शन गरेका छन् ।

प्रहरीले ६० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ । प्रदर्शनकारीहरुले जुमा निर्दोष रहेको भन्दै रिहा नगरेसम्म आन्दोलन फिर्ता नलिने चेतावनी दिएका छन्  । उनीहरुले ठाउँ-ठाउँमा आगजनी र तोडफोड गरेका छन् । अशान्ति बढ्दै गएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले प्रदर्शनकारीलाई धैर्य गर्न आग्रह गर्नु भएको छ ।

गएको बुधवार जुमाले आफ्नो निवास नजिकै रहेको कारागारमा पुगी प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियोे । उहाँमाथि भ्रष्टाचारको आरोप लागेको छ ।
 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया