राजा, राणा र पञ्चायत फाले पनि प्रवृत्ति फेरिएन : राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी

 असार २८, २०७८ सोमबार १४:४९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले राजा, राणा र पञ्चायत फाले पनि पुरातनवादी प्रवृत्ति नफेरिएको बताउनुभएको छ । अध्यक्ष केसीले राजनीति दलले परिवर्तनको मर्म आत्मसात् नगर्दा त्यस्तै प्रवृत्ति यथावत् रहेको बताउनुभयो । 

नवलपरासीको सुनवलमा भएको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री केसीले फेरि इतिहास दोहोरिने खतरा बढेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, २०१५ सालदेखि नै संसद् विघटन हुँदै आएको छ, अहिले पनि दलीय व्यवस्था संस्थागत नहुँदा इतिहास दोहोरिने खतरा बढेको छ । 

अध्यक्ष केसीले दुई तिहाइ मतको दुरुपयोग भएको भन्दै २०७२ को संविधान च्यातचुत पार्ने काम हुन थालेको बताउनुभयो । सरकार प्रमुख र राष्ट्रपतिको मिलेमतोमा संसद् विघटन भएको उहाँको आरोप छ । संविधान कार्यान्वयन हुन नसके बाह्य हस्तक्षेप बढ्ने भन्दै अध्यक्ष केसीले अहिले नागरिकले चुनाव नभइ कोरोनाविरुद्वको खोप मागिरहेको तर त्यही खोपमा शक्ति राष्ट्रले सर्त तेर्स्याएर अप्ठ्यारोमा पारेको टिप्पणी गर्नुभयो । 

पार्टीका जिल्ला सल्लाहकार तिलक सुवेदीका बुबा तथा अखिल नेपाल महिला सङ्घ नवलपरासीका अध्यक्ष सम्झना सुवेदीका ससुरा बर्दघाट नगरपालिका–१२ का शालिकराम सुवेदीको शोक सभामा सहभागी हुन अध्यक्ष केसी नवलपरासी पुग्नुभएको हो । 

अबका दिनमा विज्ञानसम्मत ढङ्गले, पुरातन सोच त्यागेर व्यावहारिक कर्म गर्नुपर्ने आवश्यकता रहेको सुवेदीले बताउनुभयो । साथै सुवेदीले अहिले आफूले मृत्युपछिको परम्परागत संस्कार अवलम्बन नगर्दा अप्ठ्यारोमा परे पनि बिस्तारै समाज परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया