एमाले स्थायी कमिटीको अनौपचारिक बैठकमा अदालतकाे फैसलाबारे समीक्षा

 असार २८, २०७८ सोमबार १९:१७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेको स्थायी कमिटीको अनौपचारिक बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साेमवार बसेको बैठकले अदालतको फैसला र त्यसपछिको सम्भावित अवस्थाको बारेमा छलफल गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

सर्वोच्च अदालत राजनीतिक विषयमा प्रवेश गरेको र क्षेत्राधिकार मिचेर फैसला गरेकोमा बैठक एकमत भएको छ । अदालतको फैसला आपत्तिजनक भए पनि कार्यान्वयन गर्नुपर्ने विषय बैठकमा उठेको एमाले नेता एवम् पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । 

यद्यपि अदालतकाे फैसला कसरी कार्यान्वयन गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्णय गर्ने नेता ज्ञवालीले जानकारी दिनुभयो ।  

प्रवक्ता ज्ञवालीले संसदमा उपस्थित दलले सरकार बनाउने र राष्ट्रपति कार्यालयबाट त्यसको विधिवत् घोषणा गर्ने भए पनि आजको फैसलाबाट प्रधानमन्त्री सर्वोच्च अदालतले नियुक्त गर्नुपर्ने जस्तो कल्पनाभन्दा बाहिरको अभ्यासको सुरु भएको पनि बताउनुभयो ।

पार्टी स्थायी कमिटीको बैठक भोलि पुनः बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया