इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गयो

 असार २९, २०७८ मंगलबार ११:३९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । इराकको नसिरिया सहरमा रहेको अल हुसेन अस्पतालको कोभिड वार्डमा आगलागी भएको हो । आगो लाग्नुको कारण खुलेको छैन । तर अक्सिजनको प्लान्ट विस्फोट भएर आगो लागेको हुन सक्ने अनुमान छ ।

तीन महिनाअघि मात्रै बनाइएको अस्पतालमा आगलागी भएको हो । आगलागीबाट ७० वटा शय्या जलेका बीबीसीले जनाएको छ । आगलागी पछि अस्पतालबाहिर बिरामीका परिवार तथा आफन्तले प्रदर्शन गरेका छन् । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न निर्देशन दिनु भएको छ ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया