एक अङ्कले बढ्याे नेप्से, साढे पाँच अर्ब रुपैयाँकाे काराेबार

 असार ३०, २०७८ बुधबार १५:२१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव शून्य एक अङ्कले बढेर २८ सय ७२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

आज होटल, जलविद्युत्, फाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढेको छ ।  बैंकिङ, विकास बैंक, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी, उत्पादन, अन्य र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।

आज दुई सय १४ कम्पनीका चार करोड ४७ लाख कित्ता शेयर पाँच अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै गुराँस फाइनान्सकाे साढे २९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज हिमालयन पावर पार्टनर कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया