डोटीको खुटिया खोलाले सतर्कता तह पार गर्यो, दाङको देउखुरीमा भारी वर्षा

 असार ३१, २०७८ बिहीबार ८:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - डोटीको खुटिया खोलामा बाढीले सतर्कता तह पार गरेको छ ।

खुटिया खोला मुदिभारमा आकस्मिक बहाव भइ जलसतहले खतरा तह पार गरेकाले तटीय क्षेत्रहरूमा दिउँसोसम्म सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । यस्तै, दाङको देउखुरी क्षेत्रमा भारी वर्षा भइरहेको छ । 

देउखुरी क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र स–साना खोलाहरूमा समेत आकस्मिक बहाव हुने सम्भावना भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने  क्षेत्रहरूमा दिउँसोसम्मै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया