एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले अहिलेकाे अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेत पत्र जारी गर्ने बताउनुभएको छ । शुक्रवार अर्थ मन्त्रालयमा पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारले अहिलेसम्मको आर्थिक अवस्था समेटेर श्वेत पत्र जारी गर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्मको अवस्था के छ अर्थतन्त्रको भनेर यथार्थ विवरण, श्वेत पत्र तयार गरी केही दिनमा मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछौँ ।’
अर्थमन्त्री शर्माले पुँजी बजारमा समस्या रहेको पनि बताउनुभयो । पुँजी बजारको समस्या समाधान गर्न सर्वसाधारणको हित हुने गरी नीति निर्माण गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुँजीबजार लगायतका समस्या छन् । त्यसलाई पनि सर्वसाधारण जनतालाई कसरी उनको हितमा हुन्छ भन्नेबारेमा पनि हामी नीति निर्माण गर्नेछौँ ।’
अर्थ मन्त्री शर्माले अध्यादेशमार्फत आएको आर्थिक वर्ष २०७८/०७९ को बजेट आउँदाे संसद् बैठकमा पेस हुने र बजेट पास हुने/नहुने त्यसपछि नै निर्क्याैल हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले बजेटलगायतका विषय छन् । अध्यादेश छ । अध्यादेश सदनमा प्रस्तुत हुन्छ । त्यहाँबाट छलफल गरेर त्यो कसरी अगाडि बढ्छ, त्यसलाई स्वीकार/अस्वीकार, प्रतिस्थापन के हुन्छ भन्ने कुरा त्यहाँ गइसकेपछि तपाईँहरूलाई जानकारी हुने नै छ ।’
सरकारको समग्र योजना निर्माण भइसकेपछि त्यसैको आधारमा अर्थ मन्त्रालयको भावी योजना र कार्यक्रमबारे बताइने पनि उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।