वृहत् राष्ट्रिय एकताकाे शक्तिशाली सन्देश दिने थलाे प्रतिनिधि सभा हाे : सभामुख सापकाेटा

 साउन १, २०७८ शुक्रबार १८:५३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले वृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ । आइतबारदेखि सुरु हुने सङ्घीय संसदको अधिवेशनको तयारी सम्बन्धमा सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा निरीक्षणका लागि पुग्नुभएका सभामुख सापकोटाले सञ्चारकर्मीसँग कुरा गर्दै राजनीतिक दलहरूबीचमा वृहत्तर राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभएको हो । 

उहाँले नेपालीको आत्मनिर्णयको अधिकार प्रयोग गरेर अगाडि बढ्न तथा संविधान जारी भएसँगै नागरिकले राखेका आशालाई विश्वासमा परिणत गर्नका लागि वृहत् राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभयो ।

सभामुख सापकाेटाले भन्नुभयो, ‘अहिले समग्र स्थितिलाई हेर्दा, समग्र राष्ट्रिय परिस्थितिलाई विचार गर्दा फेरि पनि वृहत्तर राष्ट्रिय एकताको खाँचो छ । किनभने हामीले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गर्दै अगाडि बढ्नका लागि अनि त्यसपछि नागरिकले जुन आशा गरेका थिए संविधान जारी भइसकेपछि ती सबै नागरिककाे आशालाई विश्वासमा परिणत गर्नका लागि र हरेक हिसाबले वृहत् राष्ट्रिय एकताको खाँचो छ । त्यो वृहत् राष्ट्रिय एकता कायम गर्नका लागि मुख्यतः पार्टीहरूको भूमिका हुन्छ ।’

उहाँले वृहत् राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिधि सभा भएको र प्रतिनिधि सभाबाट राष्ट्रिय एकताको सन्देश दिनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘वृहत् राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो चाहिँ प्रतिनिधि सभा हो । यहाँबाट त्यो सन्देश दिनुपर्छ भन्ने मेरो मत छ ।’   

सभामुख सापकोटाले राष्ट्रिय एकता कायम गर्न आफूले इमान्दारितापूर्वक र निष्ठाका साथ समन्वय गर्ने पनि बताउनुभयो । उहाँले संसद् बैठक व्यवस्थित ढङ्गले गर्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया