प्रधानमन्त्री देउवाद्वारा जोनसन खोप अभियानको शुभारम्भ, भीडभाड नगरि खोप लगाउन निर्देशन

 साउन ४, २०७८ सोमबार १२:४१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले जोनसन एन्ड जोनसन कम्पनीको खोप अभियानको शुभारम्भ गर्नु भएको छ ।

काठमाण्डौको जोरपाटीमा रहेको नेपाल अर्थोपेडिक अस्पतालमा खोप अभियानको शुभारम्भ गर्दै उहाँले  भीडभाड नगरि खोप लगाउन निर्देशन पनि दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।

एक मात्रा लगाए हुने यो खोप ५० देखि ५४ वर्ष उमेर समूह, पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी तथा नेपालमा रहेका शरणार्थीलाई दिइँदैछ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया