‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेले अन्तिम समयसम्म पनि पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय गरेको छ । ललितपुरमा आज मङ्गलवार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीभित्रका समस्यालाई सकभर समाधान नै गर्ने ढङ्गले अघि बढ्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदलले दिएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्दै अन्तिम समयसम्म पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा केन्द्रीय सदस्यले जोड दिएको ज्ञवालीको भनाइ छ । आजको बैठकमा नेता सुवास नेम्वाङले पार्टी एकताका लागि बनेको कार्यदलले गरेका प्रयासबारे ब्रिफिङ गर्नुभएको थियो ।
यस्तै विभिन्न प्रदेशका इन्चार्जले एमालेभित्र झगडा भएपछि प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका छन् । एमालेमा केही व्यक्तिले पार्टी छाड्दा कस्तो प्रभाव पर्छ भन्ने विषयमा पनि प्रदेशका इन्चार्जले सुझाव दिएका छन् ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदको कारबाहीको विषयमा आजको बैठकमा कुनै छलफल भएन । माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाइसकेकाले जवाफ नआउन्जेल केही बोल्न नमिल्ने प्रवक्ता ज्ञवालीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।