मनाङमा बाढी : एउटा झोलुंगे पुल बगायो, अर्को जोखिममा

 साउन ६, २०७८ बुधबार १०:५२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

मनाङ – मनाङको चामे बजारमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । गएरातिको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुंगे पुल बगाएको मनाङका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले उज्यालोलाई जानकारी दिनुभयो ।

झोलुंगे पुल बगाएपछि आवातजावतमा समस्या भएको छ । यस्तै चामेको कोतो बजारबाट नार्पाभूमितर्फ जाने अर्को झोलुंगे पुल पनि जोखिममा परेको छ । बाढीले त्यो झोलुंगे पुल बगाउने जोखिम भएपछि आवतजावतमा रोक लगाइएको पन्थीले जानकारी दिनुभयो । नार्पाभूमितर्फ जाने अर्को विकल्प नभएकाले त्यहाँका बासिन्दालाई समस्या भएको छ ।

गएको असार १ गतेदेखिको बाढीले मनाङमा धेरै क्षति पुर्याएको छ । बाढीले सडक, पुल, विद्यालय भवन र बस्ती बगाउने खतरा हुनेबित्तिकै सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको छ ।

(तस्बिर सौजन्य : होमनाथ पन्थी)

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया