रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो मङ्गलवार २२ जना सांसदलाई सोधेको स्पष्टीकरण पत्र सबैकोमा पठाइएको एमालेले जनाएको छ ।
स्पष्टीकरण पत्रमा सर्वोच्चको परमादेश विपरीत नहुने गरी भाषा प्रयोग गरिएको छ । पार्टीविरुद्ध भेला र गुटगत गतिविधि गर्ने तथा पार्टीको निर्देशन विपरीत विपक्षीलाई समर्थन गर्नेजस्तो अपराधपूर्ण कार्य किन गर्नुभयो ? भनेर पत्रमा सोधिएको छ ।
यस्तै पार्टीविरुद्ध भ्रम फैलाएको, गोपनीयता भङ्ग गरेको लगायतका कसुर गरेकाले तपाईँलाई पार्टीको जिम्मेवारीलगायत साधारण सदस्यबाटै किन नहटाउने ? भनेर स्पष्टीकरण सोधिएको छ ।
२४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नदिएमा कारबाही हुने पनि एमालेले चेतावनी दिएको छ । केपी शर्मा ओली पक्षका आठ जनासहित २२ सांसदले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।