पानी परे पनि किन गर्मी ?

 साउन १०, २०७८ आइतबार ७:४०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि गर्मी छ । बेला-बेलामा वर्षा भइरहे पनि गर्मी बढेको छ। 

तापक्रमसँगै वायुमण्डलमा सापेक्षिक आर्द्रता बढ्दा गर्मी बढेको मौसमविद् वरुण  पौडेलले बताउनुभयो । उहाँका अनुसार हिजो काठमाण्डौको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । यसले गर्दा काठमाण्डौमा गर्मी महसुस भएको थियो । हिजो दिउँसो काठमाण्डौमा घाम चर्किएको थियो । बेलुका पानी परे पनि गर्मी भने कायमै थियो । 

मौसमविद् पौडेल भन्नुहुन्छ : ‘वायुमण्डलमा पानीको मात्रा बढ्दै जाँदा सापेक्षित आर्द्रता पनि बढ्दै जान्छ । वायुमण्डलमा सापेक्षित आर्द्रता बढ्दा गर्मी बढ्छ ।’ मौसमविद्का अनुसार वायुमण्डलमा ६० प्रतिशत भन्दा बढी पानीको मात्रा भए सापेक्षित आर्द्रता बढेको मानिन्छ । 

अहिले वायुमण्डलमा ९०–९५ प्रतिशतभन्दा धेरै पानीको मात्रा रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । मनसुन केही कमजोर हुँदा हिजो र अस्ति काठमाण्डौ उपत्यका लगायत देशका धेरै ठाउँमा कम पानी परेको छ । केही ठाउँमा एकै पटक ठूलो पानी परे पनि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको मात्रै वर्षा भएको छ ।

पानी परेका ठाउँमा केहीबेर शीतल भएको महसुस गरिए पनि गर्मी भने घटेको छैन । हिजोको तुलनामा आज भने गर्मी केही कम हुने अनुमान छ । आज दिउँसो पछि मनसुन फेरि थप सक्रिय हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । 

आज काठमाण्डौको अधिकतम तापक्रम २९ डिग्री सेल्सियस पुग्ने अनुमान छ । अब एक/दुई दिन लगातारजसो पानी पर्ने सम्भावना रहेकाले गर्मी कम हुने तर बाढी पहिरोको जोखिम पनि बढ्ने मौसमविद्ले बताएका छन् । आज प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । भोलि वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया