सुनको भाउ आज पनि तीन सय रुपैयाँले बढ्यो

 साउन १४, २०७८ बिहिबार १२:१५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज पनि बढेको छ । 

हिजो तोलाको ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा पुगेको हो । हिजो पनि सुनको भाउ तोला तीन सय रुपैयाँ नै बढेको थियो । 

आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा बिक्री भएकोमा आज १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया