हङकङमा नयाँ सुरक्षा कानुन अन्तर्गत पहिलाे सजाय : 'नारा' का लागि नाै वर्ष जेल

 साउन १५, २०७८ शुक्रबार १६:६:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : ट्विटर/एजेप्लस

काठमाण्डाै – हङकङमा एक व्यक्तिलाई विरोध प्रदर्शन गरेको भन्दै नौ वर्षको जेल सजाय सुनाइएको छ । ती व्यक्तिमाथि हातमा नारा लेखिएको एउटा झण्डा लिएर प्रहरी अधिकारीहरूको अघि मोटरसाइकल चलाएको आरोप थियो ।

टोङ यिङ–किटले हातमा बोकेको झण्डामा ‘हङकङलाई स्वतन्त्र गर, यो हाम्रो समयको क्रान्ति हो’ लेखिएको थियो । यसअघि पनि ती व्यक्तिलाई पृथकतावाद र अतिवाद भड्काएको आरोपमा दोषी ठहर गरिएको थियो । 

हङकङमा विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअनुसार मुद्दा चलाइएका पहिलो व्यक्ति टोङ यिङ–किट हुन् । यो निर्णयसँगै आउँदा समयमा यही सुरक्षा कानुनअनुसार कस्तो कारबाही गरिनेछ भन्ने प्रष्ट भएको छ । 

सन् २०२० मा यो कानुन लागू गरिएपछि एक सयभन्दा धेरै व्यक्ति पक्राउ परिसकेका छन् । यो कानुनले हङकङको स्वायत्तता कमजोर बनाउने र लोकतन्त्र समर्थक कार्यकर्तालाई सजाय दिन सजिलो हुन आलोचकहरू बताउँछन् । 

तर चीनले भने हङकङमा स्थिरता ल्याउन यो कानुन आवश्यक भएको तर्क गर्दै आइरहेको छ । सन् २०१९ मा हङकङमा व्यापक रूपमा लोकतन्त्र समर्थकको आन्दोलन सुरु भएपछि यो कानुन ल्याइएको थियो ।  

टोङ यिङ–किटविरुद्ध यो मुद्दा १५ दिनसम्म चल्यो । मुद्दाले टोङ यिङ–किटको हातमा भएको झन्डामा लेखिएको नाराको अर्थ के हो भन्नेमा जोड दिएको थियो । हङकङमा लोकतन्त्र समर्थक विरोध प्रदर्शनका क्रममा यो नारा निकै लोकप्रिय रहेको छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया