प्रधानमन्त्री ओलीसँग म्यानमारका राष्ट्रपति र भुटानका प्रधानन्यायाधीशको द्विपक्षीय भेटवार्ता

 भदौ १३, २०७५ बुधबार २०:२९:५६ | रासस

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्मारका राष्ट्रपति विन मिन्टबीच द्विपक्षीय भेटवार्ता भएको छ । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका क्रममा उहाँहरुबीच द्विपक्षीय वार्ता भएको हो । 

बिम्स्टेक शिखर बैठकमा भाग लिने सिलसिलामा राष्ट्रपति विन नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबारदेखि काठमाडौ्रमा छ । 

 

भेटका अवसरमा उहाँहरुबीच नेपाल–म्यानमार सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश छिरिङ वाङचुकबीच द्विपक्षीय भेटवार्ता भयो । 

बिम्स्टेक शिखर बैठकमा भाग लिने सिलसिलामा प्रमुख सल्लाहकार वाङचुक मंगलबार बिहान काठमाडौँ आइपुग्नुभएको हो । 

भेटका अवसरमा उहाँहरुबीच नेपाल–भुटान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया