विश्व स्तनपान सप्ताह आजदेखि : बच्चाको बौद्धिक र शारीरिक विकासका लागि आमाको दूध अपरिहार्य

 साउन १७, २०७८ आइतबार ७:३५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । यसवर्ष ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ । 

शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा हरेक वर्ष अगस्ट एक तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । नेपाललगायत विश्वका १ सय ७० भन्दा बढी देशले आजदेखि एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैछन् । 

सुत्केरी हुनेबित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोसिलो र स्वस्थकर हुन्छ । ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान सुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउन डाक्टरको सुझाव छ ।

स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा झण्डै ३५ प्रतिशत शिशुले मात्र पर्याप्त मात्रामा स्तनपान गर्न पाउँछन् । डाक्टरका अनुसार शिशुलाई ६ महिनासम्म निरन्तर र २ वर्षसम्म आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास छिटो हुन्छ अनि बच्चा स्वस्थ बन्छ । 

पछिल्ला वर्ष शारीरिक सौन्दर्य बिग्रने डरले शिशुलाई स्तनपान नगराइ वैकल्पिक पदार्थ खुवाउने क्रम बढ्दो छ । तर यसरी वैकल्पिक पदार्थ खुवाउँदा बालमृत्युको जोखिम बढिरहेको बालरोग विशेषज्ञले बताउँदै आएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले दूधको विकल्पमा प्रयोग हुने वस्तुहरुका कारण आमाले बच्चालाई दूध खुवाउन नखोज्ने गरेको भन्दै त्यस्ता वस्तुको रोक तथा नियन्त्रणमा जोड दिएको छ । सरकारले नवजात शिशु, मातृ शिशु स्वास्थ्य, प्रचुर मात्रामा स्तनपानलाई प्रोत्साहन गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुमा प्रतिबन्ध लगाउने कानुन बनाए पनि कार्यान्वयन हुन सकेको छैन ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया