अफगानिस्तानका प्रमुख तीन सहर कब्जा गर्ने तालिबानको प्रयास, कान्दाहरबाट सयौँ नागरिक विस्थापित

 साउन १७, २०७८ आइतबार ९:२१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तालिबानले अफगानिस्तानका प्रमुख तीन सहर कब्जा गर्ने प्रयास गरेको छ ।

दक्षिण तथा पश्चिमी क्षेत्रका हेरात, लस्कर गाह र कान्दाहर सहर सरकारी सेनाबाट खोसेर आफ्नो नियन्त्रणमा लिने प्रयास भइरहेको बीबीसीले जनाएको छ । तर ती प्रमुख सहर अहिलेसम्म सरकारी सेनाको नियन्त्रण छन् । कान्दाहरबाट सयौँ नागरिक विस्थापित भएका छन् ।

तालिबानको हिंसा र सरकारी सैन्यबलले गर्ने प्रतिकारका कारण अफगानिस्तानमा गम्भीर मानवीय सङ्कट आउन सक्ने भन्दै चासो र चिन्ता बढ्न थालेको छ । अफगानिस्तानमा रहेका विदेशी सैनिक सेप्टेम्बर महिनासम्म फिर्ता हुने यसअघि नै घोषणा भएर कार्यान्वयन हुँदै आएको छ ।

अमेरिकी सेना फर्कन थालेपछि तालिबानले ग्रामीण क्षेत्रहरुमा कब्जा जमाउन थालेको छ । मुख्य तीन सहरमा पछिल्लो पटक कब्जा जमाउने प्रयास भएको खबरमा उल्लेख छ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया