अर्थ सचिवमा मरासिनी, शिशिर ढुंगाना प्रधानमन्त्री कार्यालयमा

 साउन १७, २०७८ आइतबार १३:३३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ । यसअघि महालेखा नियन्त्रकको जिम्मेवारीमा रहनुभएका मरासिनीलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको हो ।

मन्त्रिपरिषद्को बैठकले अहिले अर्थसचिव रहनुभएका शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर मरासिनीलाई अर्थमा तानेको हो । मरासिनीले यसअघि लामो समय अर्थ मन्त्रालयमै रहेर काम गर्नुभएको छ ।

यस्तै यसअघि उहाँले लुम्बिनी प्रदेशको मुख्यसचिवका रूपमा पनि काम गरिसक्नुभएको छ ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया