मेलम्चीमा बाढीले फेरि सात घर बगायो

 साउन १९, २०७८ मंगलबार ९:९:२ | रासस
unn.prixa.net

फाेटाे : रासस

सिन्धुपाल्चाेक - मेलम्ची खोलामा आएको बाढीले सोमवार राति मेलम्ची–११ का सात घर बगाएको छ ।

गएको असार १ गतेको बाढीले कटान गरेका घर बगाएको  हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिनुभयो।  

शनिवारदेखि मेलम्ची खोलामा आएको बाढीले अहिलेसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाढीले चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेका छन् । 

यसअघि गएकाे असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार पनि अहिले जोखिममा रहेको छ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया