सिप्रदी र एन.एम.बी. बैंकबीच नेक्सन ईभीका लागि सहुलियत पूर्ण कर्जासम्बन्धी सहकार्य

 साउन १९, २०७८ मंगलबार ११:४१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - टाटा मोटर्सका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी  ट्रेडिङ्ग प्रा. लि. र एन.एम.बी. बैंकबीच नेक्सन ईभीका लागि सहुलियत पूर्ण कर्जासम्बन्धी सहकार्य भएकाे छ।

अब टाटा मोटर्सको इलेक्ट्रिक गाडी नेक्सन ईभी खरिद गर्न चाहने ग्राहकले एन.एम.बी. बैंक लिमिटेडको नेपालभरिका शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने भएका छन् । 

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो।

कर्जा सम्झौताअन्तर्गत नेक्सन ईभी खरिद गर्न चाहने व्यक्ति तथा संस्थाहरुले शून्य प्रतिशत प्रिमियमसहित बैंकको बेस रेट ब्याजदरमा एन.एम.बी. बैंक लिमिटेडको नेपालभरिका शाखाहरु मार्फत कर्जा प्राप्त गर्न सक्ने सिप्रदीले जनाएको छ । 

यस अन्तर्गत बैंकले २४ घण्टाभित्र ८० प्रतिशतसम्म फाइनान्सको सुविधा उपलब्ध गराउने भएकाे छ । यस सम्झौतापत्रमा सिप्रदीकातर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिँजापति र एन.एम.बी. बैंक तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले सम्झाैतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा बैंकको नीतिअनुसार ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने सिप्रदीले जनाएकाे छ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया