सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २० करोड नाघेको छ । २० महिनाअघि सन् २०१९ डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वका २० करोड चार लाख ६३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे हो ।
यसमध्ये सबैभन्दा धेरै अमेरिकामा तीन करोड ६० लाख ४९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । भारतमा तीन करोड १७ लाख ६९ हजार र तेस्रोमा ब्राजिलमा एक करोड ९९ लाख ८६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
भाइरसकाे सङ्क्रमण फैलिन सुरु भएको चीनमा अहिलेसम्म ९३ हजार दुई सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै विश्वमा सङ्क्रमण पुष्टि भएका मध्ये १८ करोड ६ लाखभन्दा धेरै निको भइसकेका छन् । सङ्क्रमणका कारण ४२ लाख ६३ हजारभन्दा धेरैको ज्यान गएको काेराेनासम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएकाे वेबसाइट वर्ल्डाेमिटरले जनाएको छ ।
विश्वमा अहिलेसम्म चार अर्ब २५ करोड मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएकाे छ । कुल खोपयोग्य जनसङ्ख्याको २९ प्रतिशत मानिसले एक मात्रा र १४ दशमलव आठ प्रतिशतले दुवै मात्रा वा पूरा मात्रा खोप लगाएका छन् ।
कोरोनाविरुद्धको खोप लगाए पनि मास्क लगाउने, दुरी कायम गर्ने जस्ता सावधानीका उपाय अपनाउन विज्ञहरूले आग्रह गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।