पूजाकाे अर्धशतक, नेपालले दियाे नेदरल्यान्ड्सलाई १ सय ४६ रनकाे...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गत विकास तथा प्रविधि समितिले भूकम्पपछिको पुनर्निर्माणको बाँकी काम समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बिहीवार बसेको बैठकले प्राधिकरणले अहिलेसम्म निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सडक, खानेपानीलगायतका संरचनाको उल्लेखनीय काम गरेको भन्दै बाँकी कामका लागि आवश्यक स्रोत र जनशक्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देश गरेको छ ।
अहिलेसम्म निर्माण भएका संरचनाको संरक्षणका लागि स्रोत सुनिश्चित गर्न प्राधिकरण र सरकारलाई निर्देशन दिइएको हो । समितिकी सभापति कल्याणीकुमारी खड्काले एकातिर कोभिडको असर र अर्कातिर राजनीतिक परिवर्तनले प्रभाव पार्दा पार्दै पनि प्राधिकरणले राम्रो प्रगति हासिल गरेको बताउनुभयो ।
प्राधिकरणको स्थापना भएर अहिलेसम्म स्थानीय सामााजिक समस्या, आर्थिक समस्या, जनशक्तिको समस्या र निर्माणका लागि आवश्यक सामग्रीको समस्या हल गर्दै अघि बढिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, अब बाँकी काम कसरी पूरा गर्ने र निर्माण भएका संरचनाको दिगोपनाका विषयमा सोच्न जरुरी छ ।
समितिका सदस्य यज्ञबहादुर सुनुवारले प्राधिकरणले तीन पुस्ता धान्ने गरी विद्यालय निर्माण गरेको र निजी आवास निर्माणमा पनि सफलता हासिल गरेको उल्लेख गर्नुभयो । कतिपय ठाउँमा अझै पनि गुनासो सम्बोधन हुन बाँकी रहेकाले त्यसलाई चाँडो टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
समितिका सदस्य केदार सिग्देलले प्राधिकरणले असहज परिस्थितिमा पनि उल्लेखीय काम गरेको औँल्याउँदै एकीकृत बस्तीको बाँकी काम चाँडो टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभयो । समिति सदस्य बिनाकुमारी श्रेष्ठले भूकम्पपछि कतिपय ठाउँका बासिन्दालाई स्थानान्तरण गरेर सुरक्षित आवास निर्माण गरिएकाबाट सिकेर अहिले बाढी–पहिराेका कारण विस्थापितलाई पुनर्स्थापित गराउनुपर्ने बताउनुभयो ।
समितिका सदस्य गजेन्द्रबहादुर महतले धरहरा बाहिर बनेको देखिए पनि भित्रि काम बाँकी रहेकाले त्यो चाँडो पूरा गर्नुपर्नेमा जोड दिनुभयो । निजी आवास निर्माणमा पहुँच भएका व्यक्तिको चाँडो र नभएकाको ढिलाइ भएको पाइएको उहाँको भनाइ छ । समितिका सदस्य टेकबहादुर बस्नेतले कतिपय राष्ट्रिय गौरवका आयोजना २० वर्षसम्म पूरा नभएकामा पुनर्निर्माण ६ वर्षमा यो उपलब्धि हुनु महत्त्वपूर्ण भएको औँल्याउनुभयो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको थपिएको अवधि सकिँदासम्म निजी आवास निर्माण शतप्रतिशत सम्पन्न हुने बताउनुभयो । कोभिडको त्रासले गर्दा धरहरा नागरिकका लागि खुला नगरिएको उहाँको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा नै अहिले पहिराेको समस्या पनि देखिइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, पहिले जुरे क्षेत्रमा र अहिले मेलम्ची क्षेत्रमा देखिएको समस्या समाधानको काम अब विपद् व्यवस्थापन प्राधिकरणमार्फत अघि बढ्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।