पूजाकाे अर्धशतक, नेपालले दियाे नेदरल्यान्ड्सलाई १ सय ४६ रनकाे...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा तीन हजार नौ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार आठ सय ७० पीसीआर र ६ हजार पाँच सय ३८ एन्टिजेन गरी १८ हजार चार सय आठ नमुना परीक्षण गर्दा तीन हजार नौ सय ३८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा कुल परीक्षणको २१ दशमलव ३९ प्रतिशतमा सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ७३ हजार आठ सय ६० पुगेको छ ।
यस्तै थप दुई हजार १२ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ ।
यही अवधिमा थप ३७ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार नौ सय ९४ पुगेको छ ।
नेपालमा अहिले ३४ हजार चार सय २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय १३ जनाको आईसीयू र एक सय ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा अहिलेसम्म ४३ लाख ५९ हजार दुई सय ७७ जनाले पहिलो मात्रा कोरोनाविरुद्धको खाेप लगाएका छन् भने २१ लाख ३० हजार नौ सय जनाले पूर्ण खोप लगाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।