पूजाकाे अर्धशतक, नेपालले दियाे नेदरल्यान्ड्सलाई १ सय ४६ रनकाे...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – आज साउन कृष्ण चतुर्दशी । काठमाण्डाै उपत्यकाका नेवार समुदायले औपचारिकतामात्र सीमित गरेर आज गथांमुगः पर्व मनाउँदैछन् ।
अघिल्लो वर्ष झैं यसवर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले गथांमुगः पर्वमा सार्वजनिक रुपमा बनाइने गथांमुगः नबनाएर घरघरमा गरिने पूजाआजामा मात्र पर्वलाई सीमित गरिने भनिए पनि केही स्थानमा परम्परागत गथांमुगः प्रदर्शनको तयारी चलिरहेको देखिएका छन् । आजका दिन टोल, नगर, मानव बस्तीका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा छ्वाली तथा नर्कटले बनाइएका गथांमुगःलाई खोला नदीसम्म तानेर लगेपछि दाह संस्कार गरी बगाइदिने गरिन्छ ।
यसरी भीमकाय परालबाट बनेको गथांमुगःलाई गुठी तथा दाफाभजनका सदस्यहरूले बाजागाजा बजाएर, अरुले छ्वाली बालेर सेलाउने गर्दछन् । गथांमुगःमा आवश्यक पर्ने सामाग्री भने टोलका स्थानीय बासिन्दासँगै माग्ने चलन रहेको छ । टोलटोलमा मान्छे मार्ने र मान्छेको मासु खाने गथांमुगः राक्षस मारेको सम्झनामा यो पर्व मनाइँदै आएको छ । त्यस्तै आजका दिन फलामका औँठी लगाउने, घरघरबाट भूत पन्छाउने, हातमा प्राकृतिक वनस्पतिका मेहंदी लगाउने पनि गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।