हङकङका नागरिक अस्थायी रुपमा अमेरिका बस्न सक्ने

 साउन २२, २०७८ शुक्रबार १२:५२:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका पुग्ने हङकङका नागरिकहरु अस्थायी रुपमा अमेरिका बस्न सक्ने बताउनुभएको छ ।

चीनले हङकङको स्वतन्त्रता हनन् गरिरहेको भन्दै राष्ट्रपति बाइडेनले अमेरिका पुग्ने हङकङका नागरिकलाई १८ महिनासम्म त्यहाँ बस्ने अनुमति दिने बताउनु भएको छ । यो प्रस्तावबाट यसअघि नै अमेरिका पुगेका हजारौं हङकङका नागरिकलाई फाइदा हुनेछ ।

गएको वर्ष चीनले हङकङमा कडा सुरक्षा कानुन लागू गरेपछि अमेरिकाले हङकङका नागरिकलाई आफ्नो देशमा ढोका खुला गरेको थियो । चीनले भने अमेरिकाको पछिल्लो निर्णयको आलोचना गरेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया