अफगानिस्तानमा सरकारका मिडिया प्रमुखकाे हत्या

 साउन २२, २०७८ शुक्रबार १७:१९:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – तालिबान लडाकुले शुक्रवार दिउँसो अफगानिस्तान सरकारका मिडिया प्रमुख दवा खान मिनापालको हत्या गरेको छ । 

राजधानी काबुलकाे दरुल अमन सडकमा बन्दुकधारीहरूले दवा खान मिनापालकाे हत्या गरेकाे स्थानीय आउटलेट टाेलाे न्युजले जनाएकाे छ । 

केही बन्दुकधारीहरूले शुक्रवार स्थानीय समय साढे एक बजे नमाज चलिरहँदा सरकारी मिडिया एवम् सूचना केन्द्रका निर्देशक दवा खान मिनापालको हत्या गरेका अफगान गृह मन्त्रालयका प्रवक्ता मीरवाइज स्तेनकजईले बताउनुभएको छ ।   

मिनापालले यसअघि अफगान राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपतिको प्रवक्ताका रूपमा पनि काम गर्नुभएको थियो । 

तालिबानले यस घटनाको जिम्मा लिँदै आफ्ना लडाकुले दवा खानको हत्या गरेको बताएको छ ।   

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया