एमबीबीएसको प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट

 साउन २२, २०७८ शुक्रबार १८:५१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट भएका छन् । आयोगले शुक्रवार सार्वजनिक गरेको नतिजाअनुसार दुई सय पूर्णाङ्कमा झाले एक सय ८६ अङ्क ल्याएका छन् । 

एमबीबीएस प्रवेश परीक्षाका लागि देशभरिबाट ११ हजार विद्यार्थी सहभागी भएका थिए । सबैलाई उछिन्दै सर्वोत्कृष्ट भएका झाले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाउने छन् ।

झाले काठमाण्डौको विश्व निकेतन स्कुलमा विज्ञान विषय लिएर कक्षा ११ र १२ पढेका हुन् । कक्षा १२ मा समेत उनी उत्कृष्ट अङ्क ल्याउँदै उत्तीर्ण भएका थिए । आशिकले एसईई भने जनकपुरको श्री माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका हुन् । 

विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले आशिक सिर्जनशील र मेहनती विद्यार्थी भएको बताउनुभयो । विद्यालयले झालाई सम्मान पनि गरेको छ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया