‘बाटाे अर्काे वर्ष बनाउँला, पुल पनि अर्काे वर्ष बनाउँला, अहिले खाेप चाहिएकाे छ’

 साउन २२, २०७८ शुक्रबार २०:९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ६ महिनाभित्र सबै प्रदेशवासीले खोप पाउने बताउनुभएको छ । तनहुँको ऋषिङ गाउँपालिकाले आज शुक्रवार आयोजना गरेको स्वागत एवम् सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको उल्लेख गर्नुभयो । 

६ महिनाभित्र प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै त्याे प्रतिबद्धता पूरा हुने मुख्यमन्त्री पोखरेलले बताउनुभयो । प्रदेशका एक तिहाइ नागरिकले खोप पाइसकेको बताउँदै उहाँले भन्नुभयो, मनाङ र मुस्ताङ पूर्ण खोपयुक्त जिल्ला भइसकेका छन्, खोप अभाव हुँदैन । त्यसका लागि प्रदेश सरकारले प्रयत्न गरिरहेको छ ।

मुख्यमन्त्री पोखरेलले विकास निर्माणका काम अर्को वर्ष गरे पनि हुने भन्दै चालु वर्षको बजेटमा कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो । ‘बाटो अर्को वर्ष बनाउँला, पुल पनि अर्को वर्ष निर्माण गरौँला, नागरिककाे ज्यानभन्दा ठूलो कुरा अरू हुँदैन’, उहाँले भन्नुभयो, ‘पहिलो प्राथमिकता नागरिककाे जीवनरक्षा गर्नु हो ।’  

कोरोनाको तेस्रो लहरको खतरा बढेकाले त्यसको पूर्वतयारीमा सरकार लागिसकेको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले गएकाे असारमा आएको बाढी–पहिराेबाट क्षति भएको संरचना पुनर्स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । तीन वटै तहका सरकारको समन्वयमा पुनर्स्थापनाका काम गरिने उहाँको भनाइ थियो । गण्डकी प्रदेशको समृद्धिका लागि सबै राजनीतिक दल एक ठाउँ उभिनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘प्रदेशको समृद्धि र विकासका लागि हामी एक छौँ, प्रदेशवासीको जीवनस्तर उकास्न सरकार लागिपरेको छ’, उहाँले भन्नुभयो । 

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक, सरिता गुरुङ, संविधान सभा सदस्य झुलबहादुर आले, गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायतले धारणा राख्नुभएको थियो ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया