ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
ओखलढुंगा– मोलुङ गाउँपालिका वडा नं. ८ रागादीपमा पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले घर पुर्दा परिवारका रागादीपको खिम्लीका ५० वर्षीय पूर्णबहादुर राई, ४० वर्षीय श्रीमती धनकुमारी राई, ५५ वर्षीया दिदी मित्रमाया ५५ राई र पूर्णबहादुरका तीन वर्षीय छोरा आशिष राईको मृत्यु भएको हो ।
बुधबार राति गएको पहिरोले घर पुरेपछि चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
राई परिवारका एक छोरा र एक छोरी घरमा नभएका कारण पहिरोबाट जोगिएका छन् । उनीहरु पठनपाठनका लागि रुम्जाटारमा रहेकाले पहिरोमा पुरिनबाट जोगिएको स्थानीयले बताए । पूर्णबहादुरले अपांगता भएकी दिदीको आफ्नै घरमा पालन पोषण गर्दै आएका थिए । एकै परिवारका चार सदस्य पहिरोमा पुरिएपछि खिम्ली गाउँ शोकमा डुबेको छ । जनप्रतिनिधि र प्रहरीको सहयोगमा मृतकको शव पहिरोबाट निकालिएको छ ।
बिहीबार बिहान ४ बजे सूचना आएपछि खटिएको उद्धार टोलीले घटनास्थलबाट चार जनाको शव निकालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताउनुभयो । सूचना पाउनासाथ प्रहरी टोलि खटिएको शर्माले जानकारी दिनुभयो । उद्धार गरिएका शव पोष्टमार्टम गराई आफन्तलाई बुझाउने प्रहरीले तयारी गरेको छ । दुई दिनदेखि लगातारको वर्षाका कारण ओखलढुंगामा पहिरोको जोखिम बढेको छ । स्थानीय प्रशासनले सतर्क रहन सबैलाई आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।